कलकत्तामा शहीद दुर्गा मल्लको जन्म दिवस पालन
कलकत्तामा शहीद दुर्गा मल्लको जन्म दिवस पालन


खरसाङ, 02 जुलाई (हि.स.)। कलकत्ताको हेस्टिङस्थित भारतीय गोर्खा संघको तत्त्वावधानमा मेजर शहीद दुर्गा मल्लको 112 औँ जन्म जयन्ती भव्य रुपमा पालन गरियो। कार्यक्रमको सभापतित्व संघकै सभापति बबिता राईले गरिन्।

कार्यक्रमको प्रमुख अतिथि नारायण प्रसाद होमागाई, अतिथिहरुमा विकास कार्की, प्रकाश राई, सन्तोषचन्द्र दर्नाल, सुरेश प्रधान, कृष्णलाल, सपन जाना अनि कासिम खान रहेका थिए।

स्मरण रहोस्, सन् 1965 मा स्थापित भारतीय गोर्खा संघले आफ्नो स्थापना कालदेखि नै नेपाली जातिको उत्थानको निम्ति विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। संघले कलकत्ता शहरको हेस्टिङको क्यानल रोडमा, जहाँ भारतीय गोर्खा संघको आफ्नै कार्यालय छ, 2013 मा अमर शहीद मेजर दुर्गा मल्लको अर्धकदको सालिग स्थापना गरेको छ।

अरूण राईले सञ्चालन गरेको कार्यक्रममा धेरै मानिसहरुको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande