लायन्स क्लब अफ् रम्फूद्वारा रम्फू पीएचसीका चिकित्सकहरू सम्मानित
लायन्स क्लब अफ् रम्फूद्वारा रम्फू पीएचसीका चिकित्सकहरू सम्मानित


गान्तोक, 02 जुलाई (हि.स.)। राष्ट्रिय चिकित्सक दिवस 2025 को अवसरमा लायन्स क्लब अफ् रम्फूले रम्फू प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सा अधिकारी (प्रभारी) डा. निखिल तोप्देन भोटिया र दन्त चिकित्सक लायन दिक्षा पौड्याललाई सम्मान जनायो। सम्मान कार्यक्रमको शुरूवात क्लबकी अध्यक्ष लायन स्नेहा जैनको स्वागत सम्बोधनबाट भयो।

सेवा अध्यक्ष लायन नमिता छेत्रीद्वारा सञ्चालित कार्यक्रममा क्लब सचिव लायन दीपक गुरुङले चिकित्सक दिवसको महत्वमाथि प्रकाश पारे। उनले कोभिड 19 महामारी, टिस्टा बाढी, डेङ्गू र टाइफाइड प्रकोप जस्ता संकटहरूमा प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरूद्वारा प्रदर्शित अटल सेवा, राहत प्रयास र समर्पणको सम्मान जनाउन सो कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रममा क्लब अध्यक्ष लायन स्नेहा जैनले डा. निखिल तोप्देनलाई पारम्परिक शल, प्रशंसा प्रमाणपत्र र फूल अर्पण गरेर सम्मान जनाए। यसरी, पूर्व अध्यक्ष लायन रश्मी निगमले डा. लायन दिक्षा पौड्याललाई सम्मान जनाइन्। कार्यक्रममा सम्मानित ​चिकित्सकहरूले आ-आफ्नो अनुभव साझा गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande