संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ

 
drugs

गान्तोक, 02 जुलाई (हि.स.)। रानीपुल पुलिसले एक व्यक्तिलाई संदिग्ध ब्राउन शुगरको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने उक्त व्यक्तिको नाम आलोक भट्टाचार्य बताइएको छ। 24 वर्षीय आरोपी जलपाइगढी जिल्लाको मैनागढी निवासी हुन्।

पुलिस रिपोर्ट अनुसार, आलोक भट्टाचार्यलाई संदिग्ध 27.96 ग्राम ब्राउन शुगरको साथमा न्यू रोड, मार्चकबाट पक्राउ गरियो। मूल रूपमा जलपाइगढी जिल्लाको मैनागढी निवासी आरोपी हाल देवराली ट्याक्सी स्ट्याण्ड छेउ बस्दै ​आएका छन्। पुनर्वास केन्द्रमा उपचाराधीन व्यक्तिहरूले आलोकको नाम लिएपछि उनी पुलिसको निगरानीमा थिए।

जानकारी अनुसार, आरोपी आलोकले चलाएको एउटा वाहनसहित उनलाई हिरासतमा लिइयो र गहन जॉंचको क्रममा प्रतिबन्धित नशालु पदार्थ बरामद गरियो। पुलिसले आरोपीलाई पक्राउ गरेर एनडीपीएस एक्ट, 1985 अन्तर्गत मामिला दर्ता गरेको छ। यस सम्बन्धमा पुलिसले छानबिन गरिरहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande