सिलगढ़ी, 02 जुलाई (हि.स.)। बागडोगराको गोंसाइपुरमा दिउँसै घरमा दुस्साहसिक चोरीको घटना घटेको छ। चोरहरूले अलमारीको लकर भत्काेर लाखौं रुपियाँ नगद अनि सुनको गहनाहरू चोरेर भागे। घटना बुधवार अपरान्ह भएको हो। घटनापछि क्षेत्रका मानिसहरूमा सन्त्राष व्याप्त भएको छ।
प्राप्त जानकारी अनुसार अभिक घोष केही दिनदेखिको घरमा एक्लै थिए। बुधवार बिहान तिनी काममा गएको समय घरमा चोरीको घटना भयो। घटनाको सूचना पाएर बागडोगरा थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले घर पछाड़िको जंगलमा धारिलो हतियार जफ्त गरेको छ। बागडोगरा पुलिस घटनाको जाँचमा जुटेको छ।
घरका मालिक अभिकले बताए, केही दिनदेखि तिनी घरमा एक्लै छन्। आज बिहान तिनी घर बन्द गरेर काममा गएका थिए। अपरान्ह खाना खान घरमा आउँदा घरको दृश्य देखेर दंग परे। उपद्रवीहरू झ्यालको ग्रिल काटेर घरमा प्रवेश गरेका थिए। त्यसपछि अलमारी भत्काएर लकरमा राखिएको लाखौं रुपियाँ र सुनको गहना लिएर भागे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा