सोनादा, 02 जुलाई (हि.स.)। टुंग सन्त मेरिज समष्टिकाे अप्पर टुंगमा घरको छतबाट थ्री फेसको तार लगिएको कारणले कुनै पनि समय दुर्घटना हुने सम्भावनाले मानिसहरू त्रसित बनेका छन्। अप्पर टुंग निवासी विश्वास तामाङको घरको छतबाट थ्री फेसको लाइन लगिएकोले चिन्ता व्यक्त गरेका छन्। यसरी बिजुलीको तार घरको छतबाट लैजॉंदा कुनै पनि समय ठूलो दुर्घटनाको जोखिम बनिरहेको उनीहरूले बताएका छन्।
पीडित तामाङले विगत एक साल अघिदेखि हाइड्रो खरसाङलाई लिखित रुपमा शिकायत दर्ता गर्दै आएका थिए। उनले यस खतराको विषयमा 15 अप्रेल, 2024 मा विद्युत विभागमा लिखित रुपमा जनाएका थिए। उनले भने, आफ्नो घरको छतको ठिक चार फिटमाथि बिजुलीको लाइन छ र लुगा सिकाउन जाँदा, घाम ताप्नु जाँदा पनि टाउकोमा तारले भेट्छ भन्ने डर हुन्छ। यदि कुनै दुर्घटना भए व जान मालको क्षति भए यसको जिम्मेवारी कसले लिनेछ?'
उनले थ्री फेसको बिजुलीको तार झोलिएको अवस्थामा रहेको र कुनै पनि समय दुर्घटना हुने सम्भावना रहेको जनाउॅंदै सम्बन्धित विभागलाई झट्टै मरमत्ति गरिदिन निवेदन गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक