शीघ्र एवं पारदर्शी होस् जन समस्याहरूको समाधानः मुख्यमन्त्री योगी
शीघ्र एवं पारदर्शी होस् जन समस्याहरूको समाधानः मुख्यमन्त्री योगी


-जनता दर्शनमा मुख्यमन्त्रीले सुने 2 सय मानिसहरूको समस्या, निवारणका लागि अधिकारीहरूलाई दिए निर्देश

गोरखपुर, 2 जुलाई (हि.स.)। गोरखपुर प्रवास कालमा मुख्यमन्त्री योगी आदित्यनाथले लगातार दोस्रो दिन गोरखनाथ मन्दिरमा आयोजित जनता दर्शनमा मानिसहरूसित भेट गरे। सबैको समस्या ध्यानपूर्वक सुने अनि अदिकारीहरूलाई निर्देश दिए, जन समस्याहरूको निवारण शीघ्रता अनि पारदर्शिता पूर्वक गरियोस्। यसमा कुनै पनि प्रकारको लापरवाहीलाई सहन गरिनेछैन। उनले भने, हरेक समस्याको सम्धान गुणस्तरीय तथा सन्तुष्टिपरक हुनुपर्छ। मुख्यमन्त्रीले अधिकारीहरूलाई भने, जनताको हरेक समस्याको समाधान सरकारको प्राथमिकता हो।

बुधवार बिहान गोरखनाथ मन्दिर परिसरमा अवस्थित महन्त दिग्विजयनाथ स्मृति भवनको सभागारमा आयोजित जनता दर्शनमा चौकीहरूमा बसाएका मानिसहरूसम्म मुख्यमन्त्री योगी स्वयंं पुगेर एक-एकजनाको समस्या सुने। उनले लगभग दुई सयजना मानिसहरूसित भेट गरे। उनले सबैलाई आश्वस्त पारे, हरेक व्यक्तिलाई न्याय दिलाइनेछ। सबैको प्रार्थना पत्रलाई सम्बन्धित अधिकारीहरू समक्ष पुऱ्याएर सबैको समादान गर्ने निर्देश दिनका साथै मुख्यमन्त्रीले मानिसहरूलाई भरोसा दिलाए, सरकार हरेक पीड़ितको समस्या समाधान गर्नका लागि दृढ़ संकल्पित छ।

मुख्यमन्त्रीले अधिकारीहरूसित भने, कसैसित पनि अन्याय हुनु हुँदैन। हरेक पीड़ितप्रति संवेदनशील व्यवहार गर्दै उसलाई सहायता गर्नुपर्छ।उनले अधिकारीहरूलाई निर्देश दिए, कुनै पनि जमीनमा अवैध कब्जा गर्ने, कमजोरहरूलाई उजार्नेहरूलाई कुनै पनि स्थितिमा छाड़िनेछैन। उनीहरूविरूद्ध कड़ा कारबाही गरिनेछ। जनता दर्शनमा आएका अधिकांश मानिसहरूले मुख्यमन्त्री समक्ष आफ्नो स्वास्थ्य उपचारको निम्ति आर्थिक सहयोगको निवेदन गरेका थिए। मुख्यमन्त्रीले उनीहरूलाई आश्वस्त पारे, सरकारले उपचारको निम्ति भरमग्दुर सहयोग गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande