संसदको मनसून सत्र आजदेखि

 
parliament

नयाँ दिल्ली, 21 जुलाई (हि.स.)। संसदको मनसून सत्र आजदेखि शुरू भइऱहेको छ। सर्वदलीय बैठकमा हिजो कांग्रेसले स्पष्ट गऱ्यो कि अपरेशन सिन्दूर, अमेरिकी राष्ट्रपतिको दखलको दाबी, बिहारमा मतदाता सूची सघन पुनरीक्षण र मणिपुर जस्ता मुद्दाहरूमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। नियम र परम्परा अनुसार सरकार हरेक मुददामा छलफलको निम्ति तयार छ, सरकारले भन्यो।

आजदेखि शुरू भइरहेको संसदको मनसून सत्र 21 अगस्तसम्म प्रस्तावित छ। सत्रको सुचारू संचालनको निम्ति आइतवार संसद भवन एनेक्सीमा राज्यसभामा सदनका नेता जेपी नड्डाको अध्यक्षतामा सर्वदलीय बैठक भयो।

यो बैठक डेढ़ घण्टाभन्दा अधिक समयसम्म चल्यो। बैठकमा भाजपा र राजग दलहरूका साथ कांग्रेस सहित सबै विपक्षी दलहरूका वरिष्ठ नेता सामेल भए। बैठकपछि लोकसभामा कांग्रेसका उपनेता गौरव गोगोईले कांग्रेसको तर्फबाट उठाइएका मुद्दाहरू साझा गरे।

संसदीय कार्यमन्त्री किरेन रिजीजूले भने, धेरै अहम मुद्दाहरू छन्, जसमा सबै दलहरूले आफ्नो विचार राखेका छन् कि सदनमा यसमाथि चर्चा हुनुपर्छ। हामी खुल्ला मनले तयार छौं। हामी नियम र परम्परा अन्तर्गत हिँड्छौं। यसैले हरेक विषयमा चर्चा नियम र परम्परा अन्तर्गत नै हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande