इम्फाल, 21 जुलाई (हि.स.)। सुरक्षा बलहरूले खुफिया जानकारीको आधारमा इम्फाल पूर्वबाट प्रतिबन्धित उग्रवादी संगठन प्रीपाकको एक म्यान्मार प्रशिक्षित उग्रवादीलाई पक्राउ गरेको छ। उक्त जानकारी पुलिसले आज दिएको हो।
पुलिस अनुसार, पक्रा परेका कोन्था अहलुप माखा लेईकाई निवासी कोंजेङ्गबाम तोम्बा सिंह उर्फ लिङ्गम (38) पीपल्स रिवोल्यूशनरी पार्टी अफ् काङलीपाक (प्रीपाक) मा स्वयंभू सर्जेन्ट मेजरको पदमा कार्यरत थिए। अधिकारीहरूले भारत फर्किनुअघि उनले म्यान्मारको तनालस्थित संगठनको अड्डामा सैन्य प्रशिक्षण लिएको पुष्टि गरेका छन्।
उनी भूमिगत गतिविधिहरूमा विशेषगरि प्रीपाकको लागि भर्ती गर्नेमा सामेल थिए। उल्लेख्य, अक्टोबर 2024 मा उनले उग्रवादी ऱ्याङ्कमा एक नयॉं सदस्यलाई सामेल गर्न महत्वपूर्ण भूमिका निभाएका थिए। उनलाई उनको आवासमा छापा मारेर पक्राउ गरिएको बताइएको छ।
अधिकारीहरूले अब उनको नेटवर्कको पत्तो लगाउन र सम्भावित विद्रोही अभियानहरूको खुलासा गर्न ध्यान केन्द्रित गरिरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी