सुलतानपुर, 22 जुलाई (हि.स.)। सुलतानपुरको लंभुआ थाना क्षेत्रको गरयेमा गए सॉंझ सामान्य विवादपछि तीन दबङले एक युवकको निर्मम धुलाई गरे। गम्भीर अवस्थामा युवकलाई लखनाउ लगियो, जहॉं उपचारको क्रममा उनको मृत्यु भयो। मृत्युको खबर फैलिनसाथ परिजनहरूले हंगामा मचाए।
जानकारी अनुसार, दबङहरूको कुटाई खाएर गरये गाउॅं निवासी युवक रुचेन्द्र प्रताप चौहान (25) गम्भीर रूपमा घाइते भए। परिजनहरूले उनलाई गम्भीर अवस्थामा लखनउ केजीएमयूमा भर्ती गराए। उपचारको क्रममा गए राति उनको मृत्यु भयो।
लंभुआ थानाका प्रभारी अखिलेश सिंहले भने, घटनाको सम्बन्धमा मामिला दर्ता गरेर जॉंच शुरू गरिएको छ। आरोपी व्यक्तिहरूको खोजी जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी