लन्दन, 24 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिनको आधिकारिक यात्रामा बुधवार लन्दन पुगे, जहॉं ठूलो संख्यामा भारतीय समुदायका मानिसहरूले उनको भव्य स्वागत गरे। उनको स्वागतमा उत्साहले भरिएका मानिसहरू ठूलो भीड देखियो भने मानिसहरूको तिरंगा थियो। प्रधानमन्त्री मोदीले आफ्नो स्वागतमा प्रतीक्षारत मानिसहरूको आभार व्यक्त गर्दै यसलाई ह्रदयस्पर्शी बताए।
प्रधानमन्त्री मोदी आफ्नो विदेश यात्राको पहिलो चरणमा लन्दन पुगेका छन्, जहॉं भारतीय समुदायले उनको भव्य स्वागत जनाए। उनले आफ्नो एक्स पोस्टमा धेरै चित्रहरू साझा गर्दै लेखेका छन्, यूकेमा भारतीय समुदायको भव्य स्वागतले अभिभूत छु। भारतको प्रगतिप्रति उनीहरूको स्नेह र उत्साह ह्रदयस्पर्शी छ।
दुई दिवसीय यात्रामा लन्दन पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्रीको रूपमा यो ब्रिटेनको चौथो यात्रा हो। उनको यस भ्रमणमा भारत र ब्रिटेन मुक्त व्यापार सम्झौता (एफटीए) मा हस्ताक्षर हुने छ, जसले दुवै देशबीच द्विपक्षीय व्यापारलाई एउटा नयॉं उचाई प्राप्त हुनेछ। यो यात्राको क्रममा मोदीले किंग चार्ल्स तृतीय र ब्रिटिश पीएम कीर स्टार्मरसॅंग भेट गर्नेछन्।
भारत र ब्रिटेनबीच एफटीएलाई लिएर ब्रिटेनका प्रधानमन्त्री स्टार्मर कीर पनि निकै उत्साहित छन्। उनले प्रधानमन्त्री मोदीसॅंग भेट गर्नुभन्दा अघि एक बयान जारी गरेर भने, लगभग 6 बिलियन पाउण्ड (करीब 63000 करोड़ रूपियॉं) को निवेश र व्यापारिक सौदामा सहमति बनेको छ।
उनले भने, भारतसॅंग ऐतिहासिक व्यापार सम्झौताले हजारौं नयॉं रोगजार सृजन गरेर व्यवसायहरूको लागि नयॉं अवसर खोल्नेछ र विकास ल्याउने छ।
हिन्दुस्थान समाचार / भवानी थामी