नेपाल: पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता रद्द
नेपाल: पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता रद्द


काठमाडौं, 24 जुलाई (हि.स.)। नेपालकी पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता रद्द गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) अथवा नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकको निर्णयपछि उनको पार्टी सदस्यता रद्द गरिएको हो।

पूर्व राष्ट्रपति विद्या भण्डारीले हालैमा नेकपा एमालेको सदस्यता लिएकी थिइन्। उनले गत वर्ष र यस वर्ष पार्टीको सदस्यता नवीकरण पनि गरेकी थिइन्, तर पार्टीको केन्द्रिय कमिटीको बैठकमा पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने निर्णयपछि उनको सदस्यता रद्द गरिएको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिॅंदै भने, 'तीन दिनसम्म चलेको केन्द्रिय कमिटीको बैठकमा पूर्व राष्ट्रपतिलाई स​क्रिय राजनीतिमा आउन प्रतिबन्ध लगाउॅंदै उनको सदस्यता रद्द गरिएको छ। पार्टीको वेबसाइटमा सक्रिय सदस्यताको सूचीबाट पनि उनको नाम हटाइएको छ।

पूर्व राष्ट्रपति विद्या भण्डारीले काठमाडौंमा एक कार्यक्रमको आयोजन गरेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande