श्रीनगर, 25 जुलाई (हि.स.)। शुक्रवार 2,896 अमरनाथ तिर्थयात्रीहरूको एक दल जम्मूदेखि उपत्याका तर्फ प्रस्थान भयो भने यो यात्रा शुरू भएदेखि अहिलेसम्ममा 3.52लाखभन्दा अधिक श्रद्धालुहरूले अमरनाथ यात्रा गरिसकेका छन्।
सम्बन्धित अधिकारीले बताए, गत 3 जुलाईदेखि शुरू भएको श्री अमरनाथजीको यात्रा गर्ने तिर्थयात्रीहरूको अनुमानित संख्या 21 दिनभित्रमा 3.50 लाखभन्दा अधिक पुगेको छ। उनले बताए, 2,896 यात्रीहरूको अर्को झुण्ड शुक्र जम्मूको भगवती नगर यात्री निवासदेखि दुई वटा सुरक्षा घेराभित्र दुवै आधार शिविरहरू तर्फ प्रस्थान भयो।
अधिकारीले बताए, 790 जना तिर्थ यात्रीहरूलाई लिएर 42 वटा वाहनहरूको पहिलो लस्कर भोर बिहान 3ः30 बजी बालटाल आधार शिविर तर्फ प्रस्थान भयो भने 2,106 जना यात्रीहरू सवार 75 वटा वाहनहरूको दोस्रो लस्कर बिहान 4ः18 बजी पहलगाम आधार शिविरतर्फ प्रस्थान भयो।
यस वर्ष अमरनाथ यात्राको लागि अधिकारीहरूले व्यापक बहु-स्तरीय सुरक्षा व्यवस्था गरेका छन्। सेना, बीएसएफ, सीआरपीएफ, एसएसबी औ स्थानीय पुलिस उपस्थितिको संख्यालाई बढ़ाउनको लागि केन्द्रिय सशस्त्र पुलिस बलहरूको अतिरिक्त कम्पनीलाई तैनाथ गरिएको छ।
सेनाले यस वर्ष तिर्थ यात्रीहरूको सुरक्षा सुनिश्चित गर्नको लागि 8 हजारभन्दा अधिक विशेष कमाण्डोलाई तैनाथ गरेको छ। यो यात्रा गत 3 जुलाईदेखि शुरू भएर 38 दिनपछि आगामी 9अगस्तमा समाप्त हुनेछ जुन श्रावण पूर्णिमा र रक्षा बन्धनसित मेल खान्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा