कोलकाता, 25 जुलाई (हि. स.)। पूर्व रेलवे, सियालदह मण्डलद्वारा यात्री सुविधालाई सर्वश्रेष्ठ बनाउनको लागि यस वर्ष विशेष पहल गरिँदैछ। वित्तवर्ष 2024-25 मा यात्री सुविधाहरूको लागि 82.11 करोड़ रुपियाँ अतिरिक्त राशि तय गरिएको छ जसलाई पछिल्लो वर्षको तुलनामा ठूलो वृद्धि मानिँदैछ।
सूत्र मुताविक पछिल्लो वित्त वर्ष 2023-24 मा यात्री सुविधाको लागि 75.75 करोड़ रुपियाँको बजेट थियो भने यस वर्ष यस राशिमा व्यापक वृद्धि गरी यात्रीहरलाई अधिक सुविधा दिने चेष्टा गरिँदैछ।
यस सम्बन्धमा गए बिहीवार अधिकारीहरूको एक महत्वपूर्ण बैठक सम्पन्न भयो जसमा सियालदह मण्डलका डिभीजनल रेलवे म्यानेजर (डीआरएम) राजीव सक्सेना सहित 15 वटा यात्री संगठनहरूका प्रतिनिधिहरूले भाग लिए। बैठकमा नयाँ ट्रेन सेवा शुरू गर्ने, विभिन्न स्टेशनहरूमा ट्रेनहरूको अतिरिक्त ठहराउ तथा वर्तमानमा व्याप्त सेवाका अभावहरूलाई पूरा गर्ने जस्ता केही सुझाउहरू राखिएको छ।
डीआरएमले प्रतिनिधिहरूलाई पूर्ण भरोसा दिलोयो, सबै प्रस्तावमाथि गम्भीर रूपमा विचार गरिनेछ र व्यवहारिक सुझाउहरूमाथि चाँड़ै कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा