गलत उपचारबाट रोगीको मृत्यु भएको आरोप, दक्षिण दिनाजपुरको नर्सिंग होमविरूद्ध परिवारको प्रदर्शन
गलत उपचारबाट रोगीको मृत्यु भएको आरोप, दक्षिण दिनाजपुरको नर्सिंग होमविरूद्ध परिवारको प्रदर्शन


कोलकाता, 25 जुलाई (हि.स.)। दक्षिण दिनाजपुरको बुंशीहारी क्षेत्रस्थित एक निजी नर्सिंग होममाथि गलत उपचारको कारणले रोगीको मृत्यु भएको आरोप लागेको छ। परिवारको आरोप छ, गलत इन्जेक्शन र लापरवाहीपूर्ण उपचारको कारणले सुजितको ज्यान गयो। गए बिहीवार अबेर राती आक्रोशित परिवारका सदस्यहरूले शवलाई एम्बुलेन्समै राखेर नर्सिंग होम सामु व्यापक विरोध प्रदर्शन गरे।

परिवारले शुक्रवार बतायो, सुजीत महतोलाई गलामा ट्यूमरको समस्या भएकोले गत मंगलवार नर्सिंग होममा भर्ती गरिएको थियो। डाक्टरहरूले बिहीवार साँझ अपरेशन गर्ने मिति तय गरेका थिए। तय समय अनुरूप तिनलाई अपरेशन थिएटरमा पुऱ्याइयो, तर लगभग एक घण्टापछि नर्सिंग होमको पक्षबाट परिवारलाई सूचित गरियो, रोगीको अवस्था गम्भीर भएको छ र उसलाई मालदा मेडिकल कलेजमा रेफर गरिँदैछ।

परिवार सुजीतलाई लिएर मालदा प्रस्थान भयो, तर बाटोमै उसको मृत्यु भयो। त्यसपछि उनीहरू शवलाई नर्सिंग होममै आए अनि शवलाई एम्बुलेन्समा राखेर घण्टौंसम्म विरोध प्रदर्शन गरे। परिवारको आरोप छ, यस्तो गम्भीर मामिलामा पनि नर्सिंग होम प्रशासनका कुनै पनि प्रतिनिधि उनीहरूसित कुरा गर्न आएन।

घटना बारे जानकारी पाउनसाथ बुंशीहारी थाना पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले शुक्रवार शवलाई पोस्टमर्टम गर्नको लागि बालुरघाट पठाइदिएको छ।

मृतकको परिवारले नर्सिंग होम प्रशासनविरूद्ध औपचारिक सिकायत दर्ता गराउने कुरा गरेको छ। पुलिसको भनाइ छ, सिकायत पाएपछि सम्पूर्ण मामिलाको जाँच गरिनेछ। तथापि यस घटनालाई लिएर नर्सिंग होमको कुनै प्रतिक्रिया अहिलेसम्म आएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande