हुगली, 25 जुलाई (हि.स.)। आगामी 2026 सालको विधानसभा चुनाउलाई लिएर भविष्यवाणी गरिएको एक दिनपछि भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता एवं अभिनेता मिथुन चक्रवर्तीले अब सोझै संघर्ष गर्ने सन्देश दिएका छन्। शुक्रवार हुगली जिल्लाको आरामबागस्थित दौलतपुरमा आयोजित भाजपाको संयुक्त कार्यकर्ता सम्मेलनमा मिथुनले कार्यकर्ताहरूलाई स्पष्ट सन्देश दिए- राजनीतिको मैदानमा डटिरहनुहोस्, नत्र हार निश्चित छ।
सम्मेलनमा आरामबाग औ गौघाट विधानसभा केन्द्रका बूथ स्तरीय कार्यकर्ता उपस्थित थिए। मिथुन चक्रवर्तीले भने, यदि कुटाई खाएर फर्कियौं भने केही हुनेवाला छैन। अब प्रत्याक्रमण गर्नुपर्छ। मौन बसेर कुटाई खानु अब स्वीकार्य छैन। डर बोकेर मैदानमा उत्रियौं भने जित्न सक्दैनौं।
कार्यकर्ताहरूसित धरतलीय स्तरमा सक्रिय रहने अपील गर्दै उनले भने, अब उपस्थितिले मात्र काम हुनेवाला छैन, हरेक बूथमा संघर्ष गर्नुपर्छ। यतिमात्र नभएर उनले अझ भने, यदि पार्टीभित्र कुनै प्रकारको असन्तोष वा समस्या छ भने कार्यकर्ताहरूले सोझै उनलाई जानकारी दिउन्। यसकोलागि उनले आफ्नो व्हाट्सएप नम्बर पनि कार्यकर्ताहरूलाई दिए।
यसको एक दिनअघि गए बिहीवार कोलकातामा आयोजित एक प्रेस कन्फ्रेन्समा मिथुन चक्रवर्तीले दाबी गरेका थिए, यदि जाली भोटरहरूलाई हटाइयो भने आगामी विधानसभा चुनाउमा तृणमूलले 70 वटा सीट पनि जित्न सक्दैन। बंगालमा अनुप्रवेशकारीहरू सबैभन्दा अधिक छ र यी सबै सत्ताधारी दलको संरक्षणमा भइरहेको छ।
उनले आरोप लगाए, भोटर लिस्टमा जाली तथा अनुप्रवेशकारीहरूको नाम सामेल छ र यही जाली भोटरहरूले चुनाउ परिणामलाई प्रभावित पारिरहेका छन्। तृणमूलको हारलाई उनले “निश्चित” बताएका थिए। अब उनका नयाँ बयानहरूबाट स्पष्ट भएको छ कि भाजपा कार्यकर्ताहरूलाई चुनाउको तयारी मात्र नभएर सोझै “मैदानमा उत्रेर लड़्न”-को लागि भनिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा