मणिपुरमा अवैध प्रवासीहरूमाथि कड़ाई, एसओपीजारी, हरेक जिल्लामा एसटीएफ गठित
मणिपुरमा अवैध प्रवासीहरूमाथि कड़ाई, एसओपीजारी, हरेक जिल्लामा एसटीएफ गठित


इम्फाल, 25 जुलाई (हि.स.)। मणिपुरमा अवैध रूपमा बस्दै आइरहेका विदेशी नागरिकहरूविरूद्ध द्रूत गतिमा कारबाही गर्दै पुलिस विभागले विशेष टास्क फोर्स (एसटीएफ) गठन गरेको छ साथै सबै जि ल्लाका पुलिस अधीक्षकहरूलाई नयाँ दिशानिर्देश जारी गरिएको छ।

नयाँ आदेशमा बंगलादेश, म्यान्मार (रोहिंग्या) औ पाकिस्तान जस्ता देशहरूका नागरिकहरूको पहिचान, आवागमनमाथि नियन्त्रण तथा निर्वासनको विस्तृत प्रक्रिया सामेल छ।

राज्यभरि नै यस कारबाहीलाई एक समान र समन्वित बनाउनको लागि पुलिस मुख्यालयले एक स्ट्याण्डर्ड अपरेटिंग प्रोसिजर (एसओपी)- पनि सबै जिल्लालाई पठाएको छ जसको उदेश्य अवैध प्रवासीहरूलाई चिन्हित गर्नु अनि सत्यापन प्रक्रियालाई सुव्यवस्थित बनाउनु हो।

हरेक जिल्लाको पुलिस एकाईमा गठित एसटीएफ टीम ती मानिसहरूको पहिचान अनि कानूनी कारबाहीको लागि जिम्मेवार रहनेछ जो वैध दस्तावेजहरू बिनै मणिपुरमा बस्दै आइरहेका छन्।

वरिष्ठ पुलिस अधिकारीहरूले यी उपायहरूको निगरानी गरिरहेका छन् साथै समय-समयमा समीक्षा गरिरहेका छन् ताकि कारबाही प्रभावकारी ढंगमा लागू होस् अनि पूर्ण कड़ाईपूर्वक यसको पालन सुनिश्चित गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande