सदनको कारबाही शुरु हुनपूर्व कालो कपड़ा लगाएर पुगेका विपक्षी विधायकहरूले सदन बाहिर शुरू गरे खैलाबैला
सदनको कारबाही शुरु हुनपूर्व कालो कपड़ा लगाएर पुगेका विपक्षी विधायकहरूले सदन बाहिर शुरू गरे खैलाबैला


पटना, 25 जुलाई (हि.स.)। बिहार विधानसभाको मनसुन सत्रको आज पाँचौ तथा अन्तिम दिन पनि कालो कपड़ा लगाएर विधानसभामा पुगेका विपक्षीविधायकहरूले सत्र शुरू हुन अगावै विधानसभा बाहिर कोकोहोलो मच्चाइरहेका छन्।

बितेका चार दिनदेखिकै विशेष मतदाता सूची पुनरीक्षणको विरोधमा विपक्षले सरकारविरूद्ध मोर्चा खोलेको छ भने आज पनि दुवै सदनमा विपक्षले सत्र आरम्भ हुनसाथ रड़ाँको मच्चाइरहेको छ। विपक्षले मतदाता सूची पुनरीक्षणमाथि सदनमा चर्चा गराउने मागमा अडिग छ। कालो कपड़ा लगाएर सदन बाहिर खैलाबैला गरिरहेको महागठबन्धनका विधायकहरूले सदन बाहिर नाराबाजी गरिरहेका छन् साथै भोटर लिस्ट पुनरीक्षणमाथि सदनमा चर्चा गराउने माग गरिरहेका छन्।

बिहार विधानसभा चुनाउपूर्व चुनाउ आयोगले राज्यमा भोटर लिस्ट पुनरीक्षमको काम गरिरहेको छ जसकोविपक्षले विरोध गरिरहेको छ। मामिला हाई कोर्टदेखि सुप्रीम कोर्टसम्म पुगिसकेको छ। विपक्षको आरोप छ, चुनाउ आयोगको मिलोमतोमा सरकारले गरीबहरूको नामलाई भोटर लिस्टबाट काट्ने षड़यन्त्र रचिरहेको छ। पाँच दिनको मनसुन सत्रमा विपक्षले यसलाई मुद्दा बनाएर सरकारमाथि लगातार हमला गरिरहेको छ। आज सत्रको अन्तिम दिन झन् ठूलो रड़ाँको मच्चिने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande