कोलकाता, 25 जुलाई (हि.स.): पूर्व राज्यपाल तथागत रायले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई एकपटक फेरि उनको बयानलाई लिएर कठघरामा उभ्याएका छन्। शुक्रवार आफ्नो एक्स ह्याण्डलमा उनले चर्को कटाक्ष गर्दै भनेका छन्, ममताको अन्तिम हतियार हो बंगालीहरूमाथि अत्याचार जुन एक मनगढ़न्ते कथा हो त्यो पनि सावनको वर्षामा बगेर गइसकेको छ।
तथागत रायले ममतामाथि सोझै आरोप लगाउँदै भने, उनले बुझ्नुपर्छ कि एकदमै निराधार झुट बोल्न सकिँदैन। यदि झुटो बोल्नु नै छ भने पनि त्यो कुनै सत्यताको टुक्रामाथि आधारित हुनुपर्छ। जस्तो कि लेखक रोबर्ड लडलमले भनेका छन्, झुटको सत्यतालाई कुनै पक्षमाथि आधारित बनाऊ।
उनले कटाक्ष गर्दै अघि भनेका छन्, यस्तो हल्का झुट पनि बोल्नु हुँदैन कि एक टेलिफोनिक कलबाटै पक्रा परोस्।
उल्लेखनीय छ, पछिल्लो केही समयदेखिको अवैध ढंगमा भारतमा बस्दै आइरहेका मानिसहरू विरूद्ध देशभरि नै संचालित अभियानलाई लिएर ममता ब्यानर्जीले केन्द्र सरकारमाथि लगातार प्रहार गरिरहेका छन्। ममताले यसलाई बंगला भाषीहरूमाथि अत्याचार बताएर आन्दोलन गर्ने चेताउनी दिसकेकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा