क्यानिंगबाट तृणमूल नेता पक्राउ
क्यानिंगबाट तृणमूल नेता पक्राउ


क्यानिंग, 25 जुलाई (हि.स.)। तृणमूल कंग्रेससित सम्बन्धित पूर्व नेता खतिब सरदारलाई पुलिसले बारूईपुर थाना क्षेत्र बाट गए बिहीवार राति पक्राउ गरेको छ। तिनी क्यानिंगको ईटखोला ग्राम पञ्चायतका पूर्व प्रधान औ अञ्चल अध्यक्ष पनि रहिसकेका छन्।

पुलिस सूत्र मुताविक खतिब सरदारमाथि वर्ष 2017- मा एक जना व्यक्तिको कुटेर हत्या गरेको आरोप लागेको छ। यस मामिलामा तिनी लामो समयदेखिकै भागेका थिए। यसबीच पुलिसले लगातार खोजी गरेर अन्ततः तिनलाई बारूईपुरबाट पक्राउ गऱ्यो।

क्यानिंग पश्चिम विधानसभा क्षेत्रका तृणमूल विधायक परेश राम दासले यसमाथि प्रतिक्रिया दिँदै भने, खतिब सरदार पहिला तृणमूलमा थिए, तर उ समाज विरोधी गतिविधिमा सामेल रहेको प्रमाण पाइएपछि पार्टीले उसलाई निष्कासन गरिदिएको थियो। विधायकले खतिबविरूद्ध कड़ा कानूनी कारबाही गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande