कठुआ/बिलावर 25 जुलाई (हि.स.)। जम्मू एवं कश्मीरमा कृषिको लागि एक ऐतिहासिक कदमको रूपमा कठुआ कृषि विभागले बिलावरमा केन्द्रशासित प्रदेशको पहिलो चिया बगान अभियान शुरू गरेको छ। यस ऐतिहासिक पहल अन्तर्गत बिलावरका विधायक सतिश शर्माको प्रयासमा 20 हजार चियाका बिरूवाहरू रोपिँदैछ जसले यस अभियानको औपचारिक उद्घाटन गरे।
यस कार्यक्रममा बिलावरका अतिरिक्त उपायुक्त विनय खोसला, कठुआका मुख्य कृषि अधिकारी जतिन्दर कुमार, बिलावरकी सम्भागीय वन अधिकारी इन्दु शर्मा, उपसम्भागीय कृषि अधिकारी रवि शर्मा, जिल्ला एसएमएस सञ्जय गुप्ता, एसएमएस सञ्जय शर्मा, सम्बद्ध विभागीय अधिकारीगण, पूर्व पञ्चायती राज संस्थाका सदस्य औ स्थानीय मानिसहरूको ठूलो भीड़ सहित केही वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
जनसमूहलाई सम्बोधन गर्दै विधायक सतिश शर्माले जम्मूको कृषि एवं बागवानी क्षमतालाई प्रोत्साहित गर्ने आवश्यकतामाथि बल दिए। उनले भने, बिलावर र सम्पूर्ण शिवालिक पर्वत श्रृंखलाको जलवायु पालमपुरसित धेरै मिल्छ जुन चियाको खातीको लागि प्रसिद्ध छ। त्यसैले यहाँ सफल चियाको खेतीको अपार सम्भावनाहरू छन्। यस पहलको लागि प्रयोग गरिने बिरूवाहरूलाई सोझै पालमपुरबाट मगाइएको थियो।
विधायकले यस अभिनव पहलको लागि कृषि विभागले गरेको प्रयासको सराहना गर्दै बिलावर जस्तो सुदूरवर्ती पहाड़ी क्षेत्रमा कृषि आधारित विकासलाई प्रेरित गर्न निरन्तर सहयोग गरे बापत केन्द्रशासित प्रदेश प्रशासन अनि केन्द्र सरकारप्रति पनि आभार व्यक्त गरे। जन समर्थनको निम्ति आह्वान गर्दै विधायकले स्थानीय मानिसहरूसित समर्पण अनि स्वामित्वको भावना लिएर काम गर्ने अपील गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा