फालाकाटाकी अञ्जलि शिललाई नागरिकता साबित गर्ने फरमान, असमबाट आयो एनआरसी नोटिस
फालाकाटाकी अञ्जलि शिललाई नागरिकता साबित गर्ने फरमान, असमबाट आयो एनआरसी नोटिस


अलिपुरद्वार, 25 जुलाई (हि.स.)। राज्यमा फेरि एकपटक एनआरसी नोटिसलाई लिएर कोकोहोलो मच्चिएको छ। यसपालि फालाकाटा निवासी अञ्जलि शिललाई असमको फरेनर्स ट्राइब्युनलबाट नोटिस पठाइएको छ जसमा उनलाई आगामी 19 अगस्तको दिन ट्राइब्युनलमा पेश भएर आफ्नो भारतीय नागरिकतालाई प्रमाणित गर्न भनिएको छ।

शुक्रवार उक्त नोटिस फालाकाटा थानाको पुलिसको माध्यमबाट अञ्जलिको घरमा पुग्यो। नोटिस हातमा लिएर अञ्जलिले त्यसको सत्यतामाथि प्रश्न उठान गर्दै भनिन्, पहिला म यो नोटिस असली हो कि नक्कली, त्यसको जाँच गर्नेछु, त्यसपछि मात्र जे कदम उठाउनुपर्छ उठाउनेछु।

स्मरण गराइन्छ, केही दिनपूर्व कुचबिहारका उत्तम कुमार ब्रजवासीलाई पनि यस्तै नोटिस प्राप्त भएको थियो जसपश्चात राज्यको राजनीतिमा खैलाबैला शुरू भएको थियो। अब फेरि यसरी एनआरसी नोटिस पठाएकोमा प्रश्न उठिरहेको छ, के बंगालका मानिसहरूलाई एक-एकजना गर्दै यस प्रक्रियामा घिसारिँदैछ? यस प्रश्नलाई लिएर राज्यको सत्ताधारी दल तृणमूल कंग्रेसले व्यापक विरोध गरेको थियो भने पार्टीका राष्ट्रिय सचिव र ममता ब्यनर्जी पनि सड़कमा उत्रेका थिए। गत 21 जुलाईको सभामा ममताले उत्तम कुमार ब्रजवासीलाई मञ्चमा सँगै लगेर भनेकी थिइन्, आवश्यकता परे सबैजना असममा गएर विरोध गर्नेछौं।

अञ्जलि शीलको जन्म असममा भएको थियो भने तिनका पतिको जन्म पनि असममै भएको थियो। तर केही वर्षदेखिको उनीहरू उत्तर बंगालमा बस्दै आइरहेका छन्। अब उनीहरूको स्थायी निवास फालाकाटामा छ। त्यसैले असमबाट उनीहरूलाई पठाइएको नोटिसलई लिएर मानिसहरूले आश्चर्य व्यक्त गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande