बीरभूम, 25 जुलाई (हि.स.)। मुख्यमन्त्री ममता ब्यनर्जीको बीरभूम दौड़ाहपूर्व तृणमूल कंग्रेसको बीरभूम जिल्ला कोर कमिटीको एक आपतकालीन बैठक बोलपुरस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। बैठकमा मुख्य रूपमा आगामी 27 जुलाईको दिन नानुरमा आयोजना भइरहेको शहीद स्मरण सभा अनि मुख्यमन्त्रीको आगामी 28-29 जुलाईमा प्रस्तावित जिल्ला भ्रमणलाई लिएर व्यापक चर्चा गरियो।
वास्तवमा मुख्यमन्त्री ममता ब्यनर्जीले आगामी 27 जुलाईको दिन बोलपुरमा बंगाली भाषामाथि कथित सांस्कृतिक आतंक- को विरोधमा एक पदयात्रा गर्ने निधो गरेकी छन्। साथै उनले 28 जुलाईको दिन इलम बजारमा एक प्रशासनिक बैठकको अध्यक्षता गर्नेछन्।
बीरभूम जिल्ला कोर कमिटीका सदस्य औ विधानसभाका उपाध्यक्ष आशिष बन्द्योपाध्यायले बताए, “जननेत्री आइरहेकी छन्। उनको राजनीतिक तथा प्रशासनिक गतिविधिहरूलाई कसरी सफल बनाउने भन्ने विषयमा चर्चा गरियो। प्रशासनिक बैठक इलाम बजारमा हुनेछ जसको जानकारी जिल्लाधिकारीले साझा गर्नेछन्। बीरभूम जिल्लाका सबै क्षेत्रहरूबाट पार्टी नेता अनि कार्यकर्ताहरूले यस पदयात्रामा भाग लिनेछन्।
उल्लेखनीय छ, गत 21 जुलाईमा कोलकातामा आयोजित तृणमूल कंग्रेसको शहीद दिवस ऱ्यालीमा ममता ब्यनर्जीले घोषणा गरेकी थिइन्, आगामी 27 जुलाईदेखि बंगाली भाषाको रक्षा अनि त्यसमाथि भइरहेको हमला-को विरोधमा पार्टीले आन्दोलन शुरू गर्नेछ। सोही अनुरूप नानुरको बासापाड़ामा शहीद स्मरण सभा आयोजना गरिँदैछ र बोलपुरमा पदयात्रा आयोजना गर्ने योजना बनाइएको छ।
यही कारणले गर्दा पहिलाबाटै निर्धारित 26 जुलाईको कोर कमिटीको बैठकलाई एक दिनपूर्व 25 जुलाईमा आयोजना गरिएको छ ताकि तयारीलाई पूरा गर्न सकियोस्।
बैठकमा तृणमूल नेता अनुब्रत मण्डल, राज्यका कारागार मन्त्री चन्द्रनाथ सिन्हा, विधानसभा उपाध्यक्ष आशिष बन्द्योपाध्याय, जिल्ला परिषद अध्यक्ष फैजुल हक उपनाम काजल शेख, लाभपुर विधायक अभिजीत सिंह, सिउरी विधायक विकास राय चौधुरी, तृणमूल नेता सुदीप्त घोष सामेल भए भने कोर कमिटीका दुई मानद सद्य क्रमैले असित माल र शताब्दी राय यस बैठकमा उपस्थित थिएनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा