गान्तोक, 25 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले पूर्व विधायक वाईटी लेप्चा भाजपाको सदस्य नरहेको स्पष्ट गरेको छ। यसैगरी, उनको विचारले पार्टीको अडानलाई प्रतिबिम्बित गर्दैन भनी प्रदेश भाजपाले बताएको छ।
भाजपा सिक्किमले आज जारी एक प्रेस विज्ञप्तिमा वाईटी लेप्चा पार्टीसॅंग अब सम्बन्धित नरहेको र उनले भाजपाको नाम लिँदै गरेका कुनै पनि अभिव्यक्ति पूर्णतया व्यक्तिगत, अनधिकृत र गलत हुन् भनी स्पष्ट गरेको छ।
लेप्चा 2024 को आम चुनाउमा पार्टी विरोधी गतिविधिमा संलग्न बन्दै खुल्ला रूपमा अर्को पार्टीलाई समर्थन गरेको भाजपा सिक्किमले बताएको छ। यसरी, भाजपासँग उनको सम्बन्ध समाप्त भएको र उनले अब कुनै पनि हैसियतमा पार्टीलाई प्रतिनिधित्व गर्दैनन् भनी भाजपाले जनाएको छ।
भाजपा सिक्किमले व्यक्तिगत वा राजनीतिक लाभका लागि पार्टीको नाम दुरुपयोग गर्न निरुत्साहित गर्दछ भन्दै जनता र मिडियालाई लेप्चाको बयानलाई भ्रामक मान्न आग्रह गरेको छ। पार्टी सिद्धान्तनिष्ठ राजनीति, सार्वजनिक सेवा र राज्यमा लोकतान्त्रिक मूल्यमान्यताको सुदृढीकरणप्रति दृढतापूर्वक प्रतिबद्ध रहेको बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल