प्रयागराजः रेलवे लीकबीच भेटियो युवकको शव
प्रयागराजः रेलवे लीकबीच भेटियो युवकको शव


प्रयागराज, 25 जुलाई (हि.स.)। करछना थाना क्षेत्रको परदेवरा ओवर ब्रिजमुनि रेलवे लीकबीच शुक्रवार एक युवकको शव भेटियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गऱ्यो।

पुलिसको भनाई छ, उसको मृत्यु कसरी भयो, यो पोस्टमार्टमपछि स्पष्ट हुनेछ।

पुलिस उपायुक्त यमुनानगर विवेक चन्द्र यादवले बताए, करछना थाना क्षेत्रको थरी भरहा गाउँ निवासी मुन्ना लाल यादव 35 वर्ष पुत्र पप्पू यादवको शव शुक्रवार बिहान पचदेरा गाउँ नजिक रेलवे लीकमा भेटियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ। उसको मृत्यु कसरी भयो, यसको स्पष्ट जानकारीको निम्ति पोस्टमार्टम गराइनेछ। यद्यपि, परिजनले अहिलेसम्म कुनै शिकायत दर्ता गरेको छैन। शिकायत दिए अघिको विधिक कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande