पूर्व प्रधानमन्त्रीका निजी सहायक सन्तोष अब रहेनन्, मिरजापुरमा शोक व्याप्त
पूर्व प्रधानमन्त्रीका निजी सहायक सन्तोष अब रहेनन्, मिरजापुरमा शोक व्याप्त


- समाजसेवी, राजनेता एवं अधिवक्ताहरूद्वारा गहिरो दुःख व्यक्त

मिरजापुर, 25 जुलाई (हि.स.)। पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्री समेत देशका छः जना प्रधानमन्त्रीहरूका निजी स्टाफ रहेर राष्ट्रको सेवा गर्ने वरिष्ठ समाजसेवी सन्तोष कुमार वर्माको गत 20 जुलाईमा निधन भयो। उनको निधनबाट सम्पूर्ण जिल्लामा शोक व्याप्त भएकोछ। विभिन्न राजनीतिक, सामाजिक एवं विधि संगठनहरूसित सम्बन्धित मानिसहरूले उनलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक संवेदना व्यक्त गरे।

सन्तोष कुमार वर्माको जन्म वर्ष 1932- मा मिरजापुरमा भएको थियो। उनी स्वतन्त्रता सेनानी चन्द्रिका श्रीवास्तव र कमला श्रीवास्तवका पुत्र थिए। उनले आफ्नो करियरको शुरूआत नगरपालिका परिषद, मिरजापुरबाट गरेका थिए भने लगभग 30 वर्षको उमेरमा तत्कालीन प्रधानमन्त्री लाल बहादुर शास्त्रीका निजी स्टाफमा सामेल भएका थिए। त्यसपछि उनी निरन्तर देशका छःजना प्रधानमन्त्रीहरूसित काम गर्दै दीर्घकालसम्म सेवा पुऱ्याइरहे।

सेवानिवृत्तिपछि वर्ष 1993-देखि उनले लगभग 17 वर्षसम्म स्वराज भवन एवं कमला नेहरू मेमोरियल हस्पिटलमा निदेशकको रूपमा सेवा पुऱ्याए। पछिल्लो 12 वर्षदेखिको उनी मिरजापुरको संगमोहालस्थित निजी निवासमा बस्दै आइरहेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande