जीन्द, 25 जुलाई (हि.स.)। सफीदोमा भाजपाका पूर्व मण्डल अध्यक्षका छोराको अज्ञात बदमाशहरूल चक्कु घोपेर हत्या गरे। मृतकले निजी अस्पताल चलाउनेगर्थ्यो र राति आफ्नो सालो र एक अन्य डाक्टरहरूको साथ घर फर्किरहेको थियो। बाटोमा बदमाशहरूले घेरेर उनीमाथि हमला गऱे। यसमा एकको मृत्यु भयो जबकि दुई घाइत भए।
जानकारी अनुसार, सफीदो क्षेत्रको मुआना गाउँ निवासी विकास शर्माको सफीदोमा अनुज मल्टी स्पेशिलिटी अस्पताल छ। उनका पिता शिवकुमार शर्मा भाजपामा मण्डल अध्यक्ष रहिसकेका छन्। यस बाहेक पार्टीमा धेरै पदहरूमा शिवकुमार शर्माले काम गरेका छन्। विकास शर्मा बिहिवार राति लगभग 11 बजी आफ्ना सालो र लीलावती अस्पतालका डाक्टर अनिल शर्माको साथ घर फर्किरहेका थिए।
रामपुरा रोडमा पुग्नसाथ अज्ञात बदमाशहरूले उनीमाथि हमला गरे। यसमा विकास शर्मालाई गम्भीर चोट लाग्यो। तीनै जनालाई पानीपतको निजी अस्पतालमा रेफर गरियो। त्यहाँ विकास शर्मालाई चिकित्सकहरूले मृत घोषित गरे। डा. अनिल र विकास
शर्माको सालोलाई पनि चोट लागेको छ तर उनीहरूको स्थिति खतरादेखि बाहिर छ। शिवकुमार शर्माले भने, भाजपा सरकार क्राइम रोक्नमा पूर्ण रूपमा विफल छ। भाजपाका मण्डल अध्यक्षको छोराको यसरी चक्कु घोपेर हत्या गरिन्छ भने आम जतना कसरी सुरक्षित छ।
हिन्दुस्थान समाचार / भवानी थामी