गान्तोक, 25 जुलाई (हि.स.)। सालघारी जूम निर्वाचन क्षेत्रका विधायक तथा यातायात एवं कौशल विकास विभागका सल्लाहकार मदन सिन्चुरीले पीएम श्री जोरथाङ उच्चतर माध्यमिक विद्यालयलाई आफ्नो व्यक्तिगत तर्फबाट पाइप ब्याण्ड उपकरणहरू प्रदान गरेका छन्। विधायकले आज जोरथाङस्थित आफ्नो सरकारी आवासमा विद्यालयकी प्रधानाध्यापक निशा राईलाई उपकरणहरू हस्तान्तरण गरे।
विधायकले विद्यार्थीहरू र ब्याण्डका सदस्यहरूसॅंग अन्तरक्रिया गर्दै आगामी दिनहरूमा प्रगति र सुधारको लागि प्रयासरत रहन र प्रशंसा बटुल्न सल्लाह दिए। उनले विद्यार्थीहरूलाई आफ्नोपनको भावना कायम राख्न र विगतमा आफ्ना वरिष्ठहरूले कमाएको विरासतको संरक्षणको लागि काम गर्न पनि आग्रह गरे। उनले विद्यालय र ब्याण्डको प्रगति र विकासमा आफ्नो सहयोगको आश्वासन दिए।
विद्यालयकी प्रधानाध्यापकले विद्यालयलाई उदारताको लागि धन्यवाद दिइन्। उनले विद्यालयका पूर्व ब्याण्ड सदस्यहरूको प्रशिक्षणमा विद्यालयको ब्याण्डको सुधारको बारेमा चर्चा गरिन्। उल्लेख्य, पीएम श्री जोरथाङ उच्चतर माध्यमिक विद्यालयले 2018 मा राष्ट्रिय ब्याण्ड प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्न सफल बनेको थियो।
हिन्दुस्थान समाचार / बिशाल