डिजिटल प्रविधि मार्फत चेकपोस्ट सञ्चालन सुनिश्चित गर्न मल्ली चेकपोस्टमा सीपीएमएस जडान
डिजिटल प्रविधि मार्फत चेकपोस्ट सञ्चालन सुनिश्चित गर्न मल्ली चेकपोस्टमा सीपीएमएस जडान


गान्तोक, 25 जुलाई (हि.स.)। सिक्किम सरकारको यातायात विभागले मल्ली चेकपोस्टमा चेकपोस्ट व्यवस्थापन प्रणाली (सीपीएमएस) जडान गरेको छ। सीपीएमएस राज्य सूचना प्रौद्योगिकी विभागले विकास गरेको हो भने आज 25 जुलाई, 2025 देखि यसलाई प्रभावमा ल्याइएको छ।

राज्य यातायात विभागले यो डिजिटल प्रविधि मार्फत चेकपोस्ट सञ्चालनलाई सुधार र आधुनिकीकरण गर्ने सरकारको प्रयासमा एक महत्त्वपूर्ण कोसेढुङ्गा रहेको बताएको छ। यस प्रारम्भिक शुरुवातको एक भागको रूपमा आज 25 जुलाईदेखि 15 अगस्त, 2025 (20 दिन) सम्म परीक्षण अवधि अवलोकन गरिने विभागले बताएको छ।

यस परीक्षण अवधि यातायात व्यवसायी, सवारी साधन सञ्चालक र चेकपोस्टका अधिकारीहरू नयाँ प्रणाली र यसका विशेषताहरू र प्रक्रियाहरूसँग परिचित हुन् भनी सुनिश्चित गर्न सचेतना र अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिने विभागले विज्ञप्तिमा उल्लेख गरेको छ।

विभागले यसको मुख्य उद्देश्य भारी व्यावसायिक सवारी साधन (एचसीवी) को ओभरलोडिङलाई रोक्न र नियन्त्रण गरेर सडक सुरक्षा बढाउनुमा केन्द्रित रहेको बताएको छ, जुन विशेष गरी पहाडी क्षेत्रहरूमा सडक दुर्घटनाहरूको एक प्रमुख कारण हो। यो प्रणालीले चेक पोस्टहरूमा दक्षता सुधार गर्ने र डिजिटल अनुगमन र कार्यान्वयन मार्फत म्यानुअल प्रक्रियाहरूलाई कम गर्ने लक्ष्य पनि राखेको बताइएको छ।

विभागले यस परीक्षण चरणमा सवारी साधन ओभरलोडिङसँग सम्बन्धित केन्द्रिय मोटर वाहन ऐन र नियम (सीएमवीआर) अनुसार कुनै जरिवाना लगाइने छैन, तर एसएनटी परिवेक्षण शुल्क भने लागू हुने स्पष्ट गरेको छ। यो अनुग्रह अवधिले सबै एचसीवी प्रयोगकर्ताहरूलाई मल्ली चेक पोस्टमा नयाँ प्रणाली बुझ्न र अनुकूलन गर्न पर्याप्त समय मिल्ने बताइएको छ।

विभागले यस महत्त्वपूर्ण डिजिटल पहलको सफल कार्यान्वयनको लागि सबै सरोकारवालाहरूको सहयोग र समर्थनको लागि आह्वान पनि गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande