नो गन, नो ग्याङ्ग अभियान अन्तर्गत तीन हतियार तस्कर पक्राउ
नो गन, नो ग्याङ्ग अभियान अन्तर्गत तीन हतियार तस्कर पक्राउ


नयाँ दिल्ली, 25 जुलाई (हि.स.)। दिल्लीलाई ग्याङ्ग वार अनि अवैध हतियारहरूदेखि मुक्त गराउने ध्येय लिएर द्वारका पुलिसद्वारा संचालित ‘नो गन, नो ग्याङ्ग’ अभियान अन्तर्गत द्वारका जिल्ला पुलिसले ठूलो सफलता हात पारेको छ। द्वारका जिल्लाको जाफरपुर कालाँ पुलिस टीमले पिकेटिङ अवधि तीनजना चतुर हतियार तस्करहरूलाई पक्राउ गरेको छ।

द्वारका जिल्लाका डीसीपी अंकित सिंह अनुसार पक्रा पर्ने आरोपीहरूको पहिचान क्रमैले बवाना निवासी दिनेश कुमार मान (42), पानीपत हरियाणा निवासी देवेन्द्र उपनाम शुटर (40) औ गाउँ मित्राऊ नजफगढ़ निवासी नवीन खाती (50)- को रूपमा भएको छ। पुलिसले आरोपीहरूको कब्जाबाट एउटा पेस्तोल, तीन वटा देशी बन्दुक, र25 वटा जिउँदो कारतूस जफ्त गरेको छ। आरोपीहरूमध्ये एक देवेन्द्र उपनाम शुटरमाथि हत्या अनि आर्म्स एक्ट अन्तर्गत पहिलाबाटै 13 वटा मुद्दा लागेको छ भने दोस्रो आरोपी दिनेश मानमाथि पनि हत्याको मामिला चलिरहेको छ।

डीसीपी मुताविक गत 17 जुलाईको राती लगभग 10:25 बजे सुरहेड़ा मोड़ मुख्य ढांसा रोडमा भएको जाँचमा एउटा आई-20 कारलाई रोक्ने चेष्टा गरियो। कारमा बसेका दुईजना मानिसहरूले भाग्ने प्रयास गरे, तर पुलिसले सक्रियता देखाउँदै दुवैलाई घटनास्थलबाटै समात्यो। जाँच गर्दा तिनीहरूबाट एउटा पेस्तोल, दुईवटा देशी बन्दुक र 23 वटा जिउँदो कारतूस जफ्त गऱ्यो।

जाँचबुझमा आरोपीहरूले खुलासा गरे, उनीहरूले यी हतियारहरूलाई गाउँ मित्रऊ निवासी ग्यांगस्टर नवीन खातीबाट खरिद गरेका थिए। यसै अनुरूप पुलिसले नवीन खातीलाई गए राती घरबाटै समात्यो। उसको कब्जाबाट एउटा बन्दुक र दुई वटा कारतूस जफत गरियो। जाँचमा थाहा लागे अनुसार नवीन खातीमाथि 15 वटाभन्दा अधिक आपराधि मामिलाहरू दर्ता छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande