—सभामा आउनको लागि कसैलाई पनि 5 सय मीटरभन्दा अधिक पैदल हिँड़न नपरोस् भन्न खातिर व्यवस्था गरिँदैछ
—सुरक्षा व्यवस्था, रुट डायभर्जन, वैकल्पिक मार्गमाथि अधिकारीहरूले गरे मन्थन
वाराणसी, 25 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आगामी 2 अगस्तका दिन एक दिवसीय भ्रमणमा आफ्नो संसदीय क्षेत्र वाराणसी आइरहेका छन्। आफ्नो भ्रमण कालमा प्रधानमन्त्रीले सेवापुरी विधानसभाको कालिकाधाम बनौलीमा एक विशाल जनससभालाई सम्बोधन गर्नेछन्। उनको प्रस्तावित भ्रमणलाई मध्यनजर गर्दै जनसभा स्थलमा युद्धस्तरमा तयारी भइरहेको छ।
प्रधानमन्त्रीको कार्यक्रमको तयारी स्वयं राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको निगरानीमा भइरहेको छ। जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरूले स्वयं जनसभा स्थलमा पुगेर तयारीहरूको जाँच सहित प्रस्तावित मार्ग, सुरक्षा व्यवस्था रूट डायभर्जन, वैकल्पिक मार्गलाई लिएर पनि सतर्कता अप्नाइरहेका छन्।
पुलिस आयुक्त कमिश्नरेट वाराणसी मोहित अग्रवाल औ जिल्लाधिकारी वाराणसी सत्येन्द्र कुमारले गए बिहीवार साँझ जनसभा स्थलको निरीक्षण गरे।
अधिकारीहरूलाई निर्देश-सभामा आउने मानिसहरूलाई पाँच सय मीटरभन्दा अधिक हिँड़न नपर्ने गरेर व्यवस्था गरिँदैछ। सभामा आउने दिव्यांगजन तथा वरिष्ठ नागरिकहरूको लागि ई-रिक्शाको व्यवस्था गरिँदैछ। जनसबा स्थलमा वाहन पार्किंग, प्रवेश द्वार, जर्मन ह्यांगर, स्टेज, अस्थाई हेलीप्याड आदि बनाउने कार्य भइरहेको छ। पुलिस कमिश्नरको निर्देशमा जनसभा स्थल वरिपरी बस्ने तथा काम गर्ने व्यक्तिहरूको सत्यापन कार्य शुरू गरिएको छ। सम्पूर्ण क्षेत्रलाई ड्रोनको माध्यमबाट सर्भिलान्स गर्ने तयारी भइसकेको छ।
जनसभा स्थलमा वाहन पार्किंग, प्रवेश, निष्क्रमण आदिको लागि समुचित दिशानिर्देशक/सूचक साइन बोर्ड पनि राखिनेछ। यस अतिरिक्त सभास्थलमा पर्याप्त मात्रामा अग्निशमन यन्त्र, फायरटेण्डरको लागि स्थान, आपतस्थितिको लागि निकास प्रबन्धमाथि विशेष बल दिइँदैछ। पुलिस कमिश्नर र जिल्लाधिकारीले तयारीहरूलाई समयमै पूरा गर्ने कड़ा निर्देश दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा