चण्डीगढ़, 25 जुलाई (हि.स.)। पञ्जाबको फिरोजपुर पुलिसले सीमा पारीबाट भइरहेको ड्रग तस्करीको मोड्यूलको पर्दाफास गर्दै एक व्यक्तिलाई 15 किलो हेरोइनको साथ पक्राउ गरेको छ।
पञ्जाब पुलिस महानिदेशक गौरव यादवले शुक्रवार बताए, फिरोजपुर जिल्ला पुलिसले थाना घल खुर्दको एरियाबाट ड्रग तस्कर रमेश कुमार उर्फ मेछीलाई पक्राउ गरी उदेखि 15 किलो हेरोइन जफत गरेको छ। आरोपी विरूद्ध मामिला दर्ता गरी उसको पुरानो लिंकको जाँच भइरहेको छ किनभने सीमा पारी तस्करहरूसित उसको सम्बन्ध हुनसक्ने आशंका छ। पक्रा परेको आरोपी पञ्जाब र अन्य स्थानहरूमा ड्रग्स सप्लाईको नेटवर्कको अहम पात्र हुनसक्छ।
हिन्दुस्थान समाचार / भवानी थामी