राहुल गान्धी अमेरिकी अरबपति जर्ज सोरोसका मुख्य उपकरण हुन्ः केशव प्रसाद मौर्य
राहुल गान्धी अमेरिकी अरबपति जर्ज सोरोसका मुख्य उपकरण हुन्ः केशव प्रसाद मौर्य


लखनऊ, 25 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता औ उत्तर प्रदेशका उप-मुख्यमन्त्री केशव प्रसाद मौर्यले विपक्षका नेता राहुल गान्धीमाथि धारिलो प्रहार गरेका छन्।

मौर्यले शुक्रवार आफ्नो सोशल मीडिया एकाउण्ट एक्समा लेखे, भारतमा लोकतान्त्रिक व्यवस्थालाई निमिट्यान्न पार्ने षड़यन्त्रकारीहरूमा एकजना अमेरिकी अरबपति जर्ज सोरोस पनि हुन्। भारतसित उनको असन्तुष्टी जगजाहेर छ। यस्तो लाग्छ मानौं भारतमा उसको मुख्य उपकरण विपक्षका नेता राहुल गान्धी हुन्। त्यसैले चुनाउ आयोग लगायत सबै संवैधानिक संस्थाहरूमाथि राहुलको अनवरत हमलाले सोरोसकै अवधारणलाई पुष्टि गर्दछ।

विदित होस्, लगातार सपामाथि हमला गर्दै आइरहेका केशव प्रसाद मौर्यले हिजोआज लगातार गान्धी परिवारमाथि हमला गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande