प्रतापगढ़, 25 जुलाई (हि.स.)। उत्तर प्रदेशको प्रतापगढ़ जिल्लामा लीलापुर थाना क्षेत्र अन्तर्गत शुक्रवार एक युवकको शव मत्तूपुर बोझी सई नदी घाटमा देखियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले छानबीनपछि शवलाई नदीबाट बाहिर निकालेर पोस्टमार्टमको निम्ति पठायो।
पुलिस क्षेत्राधिकारी लालंगज आशुतोष मिश्राले बताए, शवको पहिचान सिंहनी थाना सांगीपुर निवासी श्यामलाल वर्षा (41) को रूपमा गरिएको छ। परिजनहरूले थानामा उ हराएको सूचना दिएका थिए। परिजनहरूले शवको पहिचान गरेका छन्। उनीहरूले पुलिसलाई बताए, श्यामलाल मानसिक रूपमा अस्वस्थ थिए। उनको उपचार चलिरहेको थियो। परिजनहरूले कुनै प्रकारको शिकायत दिएका छैनन्।
हिन्दुस्थान समाचार / भवानी थामी