एटीएम लुटमा प्रयोग गरिएको चोरीको बाइक जफ्त
एटीएम लुटमा प्रयोग गरिएको चोरीको बाइक जफ्त


सिलगढ़ी, 25 जुलाई (हि.स.)। सिलगढ़ीमा भएको एटीएम लुटमा प्रयोग गरिएको चोरीको बाइकलाई पनि पुलिसले जफ्त गरेको छ। पुलिसले गए बिहीवार अबेर राती बाइकलाई साउथ कलोनी क्षेत्रबाट जफ्त गरेको हो।

उल्लेखनीय छ, गत मंगलवार राती सिलगढ़ीको ईस्टर्न बाइपास नजिक एक सरकारी एटीएम बुथलाई अपराधीहरूले लुटेका थिए। लुटपछि एटीएममा आगो लगाइदिएका थिए। सोही राती फूलबाड़ी सुपर मार्केटबाट एउटा बाइक र अम्बिका नगरबाट एउटा चार चक्के वाहन पनि चोरी भएको थियो। अपराधीहरूले दुवै वाहनलाई एटीएम लुट्नको लागि प्रयोग गरेका थिए।

पुलिसले गत बुधवार भोर बिहान माटीगाड़ाबाट चोरीको चार चक्के वाहनलाई जफ्त गरेको थियो भने बाइक भेटिएको थिएन। जाँच गर्ने क्रममा पुलिसले गए बिहीवार राती उक्त बाइकलाई साउथ कलोनी हनुमान मन्दिर संलग्न क्षेत्रबाट जफ्त गऱ्यो। पुलिसले शहरका सीसीटीभी क्यामराको माध्यमबाट अपराधीहरूलाई चिन्हित गर्न जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande