सिलगढ़ीबाट चोरेको बाइक मयनागुड़ीमा भेटियो, दुई पक्राउ
सिलगढ़ीबाट चोरेको बाइक मयनागुड़ीमा भेटियो, दुई पक्राउ


सिलगढ़ी, 25 जुलाई (हि.स.)। माटीगाड़ा थानाको पुलिसले चोरीको बाइक सहित दुईजना युवकहरूलई पक्राउ गरेको छ। पक्रा पर्ने युवकहरूमा स्वप्नमय दास (24) र रूपल देवगुप्त (25) सामेल छन् भने दुवै युवक मयनागुड़ीको आनन्द नगरका हुन्।

पुलिस सूत्र अनुसार गत 21 जुलाईको दिन माटीगाड़ाको हिमुल रोडस्थित एक पेट्रोल पम्प सामु राखिएको एउटा बाइक चोरी भएको थियो। बाइक चोरीको सम्बन्धमा बाइक मालिक प्रशान्त मुखर्जीले माटीगाड़ा थानामा लिखित सिकायत दर्ता गराए। सिकायतको आधारमा पुलिसले जाँच कार्य शुरू गऱ्यो।

यसै क्रममा पुलिसले उक्त बाइकलाई चोरेर जलपाईगुड़ी जिल्लाको मयनागुड़ीमा पुऱ्याएको पत्तो लगायो। त्यसपथि माटीगाड़ा थानाको पुलिसले मयनागुड़ी क्षेत्रमा अभियान संचालन गरी बाइक जफ्त गऱ्यो। साथै बाइक चोरीको आरोपमा स्वप्नमय र रूपललाई पक्राउ गऱ्यो। माटीगाड़ा थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

पुलिस सूत्रले बतायो, कानूनी प्रक्रिया पूरा भएपछि उक्त बाइकलाई असली मालिककहाँ सुम्पिदिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande