देशी बन्दुक र जिउँदो कारतूस सहित युवक पक्राउ
देशी बन्दुक र जिउँदो कारतूस सहित युवक पक्राउ


सिलगढ़ी, 25 जुलाई (हि.स.)। भोरेर आलो थानाको पुलिसले एकजना युवकलाई देशी बन्दुक र जिउँदो कारतूस सहित पक्राउ गरेको छ। पक्रा पर्ने युवकको पहिचान सिलगढ़ीको सूर्यसेन कलोनी निवासी रज्जाक इस्लामको रूपमा गरिएको छ। शुक्रवार बिहान पुलिसले रज्जाकलाई आमबाड़ी अञ्चल मोड़स्थित करतोया नदीको पुलबाट पक्राउ गऱ्यो।

सूत्र अनुसार भोरेर आलो थानाको पुलिसले आमबाड़ी अञ्चल मोड़स्थित करतोया पुलमा गस्ती गरिरहँदा एकजना संदिग्ध युवकलाई घुम्दै गरेको देख्यो। पुलिसले उक्त संदिग्ध युवकलाई रोकेर जाँचबुझ गऱ्यो। पछि उसको जाँच गर्दा एउटा देशी बन्दुक र कारतूस भेटियो। जाँचमा पुलिसलाई थाहा लाग्यो, युवक सूचीबद्ध अपराधी हो। पुलिसले यो पनि जाँच गरिरहेको छ कि युवकले बन्दुक बोकेर के गरिरहेको थियो। भोरेर आलो थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande