सिलगढ़ी, 25 जुलाई (हि. स.)। सिलगढ़ीको खुदीराम पल्लीस्थित एक सुनको पसलमा चोरी गरेको आरोपमा एकजना मानिसलाई पक्राउ गरिएको छ। आरोपीको पहिचान खोरीबाड़ी निवासी सञ्जय सूत्रधारको रूपमा भएको छ।
प्राप्त जानकारी अनुसार गत 21 जुलाईको दिन दुलाल कोयलको सुन पसलबाट सात लाख रुपियाँको सुनको गहना चोरी भएको थियो। यस सम्बन्धमा गत 24 जुलाईको दिन सिलगढ़ी थाना अन्तर्गत पानीट्यांकी आउटपोस्टमा एक लिखित सिकायत दर्ता गरिएको थियो। यसै आधारमा पानीट्यांकी आउटपोस्ट पुलिसले जाँच शुरू गऱ्यो।
यसबीच गए बिहीवार अबेर राती एनजेपी क्षेत्रमा अभियान संचालन गरी आरोपी सञ्जय सूत्रधारलाई पक्राउ गरियो। आरोपीबाट पुलिसले लगभग पाँच लाख रुपियाँको सुनको गहना जफ्त गरेको छ। आरोपीलाई पुलिसले अदालतमा पेश गरी रिमाण्डमा लिनको लागि आवेदन गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा