देशी रिभल्वरसितै युवक पुलिसको कब्जामा
देशी रिभल्वरसितै युवक पुलिसको कब्जामा


सिलगढ़ी, 25 जुलाई (हि.स.)। भक्तिनगर थानाको पुलिसले देशी रिभल्वरसितै दीपराज सिंह (28) नामक युवकलाई पक्राउ गरेको छ। आरोपी युवक भानु नगर निवासी रहेको बताइएको छ।

प्राप्त जानकारी अनुसार भक्तिनगर थानाको पुलिसले बिहीवार अबेर राती गस्ती अवधि सिटी प्लाजा क्षेत्रमा युवकलाई संदिग्ध अवस्थामा घुमिरहेको देख्यो। युवकलाई समातेर जाँच गर्दा देशी रिभल्वर र जिउँदो कारतूस एउटा भेटियो। त्यसपछि पुलिसले आर्म्स एक्ट अन्तर्गत मामिला दर्ता गरी आरोपी युवकलाई पक्राउ गऱ्यो। भक्तिनगर थानाको पुलिसले अग्रिम कानूनी कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande