पर्यटन विभागका नवनियुक्त चेयरपर्सन सोनाम नोर्गे लाचुङपाले आफ्नो कार्यभार सम्हाले
पर्यटन विभागका नवनियुक्त चेयरपर्सन सोनाम नोर्गे लाचुङपाले आफ्नो कार्यभार सम्हाले


गान्तोक, 25 जुलाई (हि.स.)। पर्यटन एवं नागरिक उड्डयन विभागका नवनियुक्त चेयरपर्सन सोनाम नोर्गे लाचुङपाले शुक्रवारदेखि आफ्नो कार्यभार सम्हालेका छन्। यस अवसरमा विभागका अधिकारीहरू र कर्मचारीहरूले लाचुङपालाई भव्य स्वागत जनाए।

विभागका अतिरिक्त मुख्य सचिव सीएस राव, पीसीई एवं सचिव नीरज प्रधान, सचिव होण्डाला ग्याल्छेन, प्रधान निदेशक बिनोद शर्मा तथा विभागका अन्य अधिकारीहरू र कर्मचारीहरूले नवनियुक्त चेयरपर्सनलाई स्वागत जनाए।

यस अवसरमा पर्यटन हितधारकहरू पनि उपस्थित थिए। चेयरपर्सन लाचुङपाले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति यस अवसरको निम्ति कृतज्ञता प्रकट गरे। उनले सरकार र जनताबीच एक पुल बनेर काम गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande