सिलगढ़ी, 25 जुलाई (हि.स.)। बिहेको सपना देखाएर महिलासित शारीरिक सम्बन्ध बनाएको आरोपमा एक स्कूल शिक्षकलाई पक्राउ गरिएको छ। आरोपी शिक्षकको नाम फूलबाड़ीको मर्डरमोड़ निवासी संजय कुमार गाइन हो।
जानकारी अनुसार, स्कूल शिक्षक सात वर्ष पहिले धनतलाकी एक विधवीको साथ सम्बन्धमा थियो। उसले बिहेको वाचा गरी महिलाको साथ धेरै पल्ट शारीरिक सम्बन्ध बनायो। आरोपी आफैपनि विवाहित हो। यसपछि शिक्षकले महिलासित बिहे गर्न खारेज गरेको आरोप छ। जसपछि महिलाले बिहिवार राति एनजेपी थानामा शिक्षक विरूद्ध लिखित शिकायत दर्ता गराइन्। यसपछि एनजेपी थाना पुलिसले शुक्रवार शिक्षकलाई पक्राउ गऱ्यो। एनजेपी थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी