कुचबिहारमा तृणमूल नेतामाथि गोली दागियो, टीएमसीले भाजपामाथि लगायो आरोप
कुचबिहारमा तृणमूल नेतामाथि गोली दागियो, टीएमसीले भाजपामाथि लगायो आरोप


कुचबिहार, 4 जुलाई (हि.स.)। पश्चिम बंगालको कुचबिहार जिल्लामा गए बिहीवार अबेर राती एकजना तृणमूल नेतालाई अज्ञात आक्रमणकारीहरूले गोली दागे। घटना कुचबिहार-2 ब्लकको झिनाइडांगा क्षेत्रमा भएको हो। घाइते नेताको पहिचान राजू डेको रूपमा भएको छ जो कुचबिरा-2 पञ्चायत समितिका कर्माध्यक्ष औ चकचका अञ्चलका पूर्व अञ्चल अध्यक्ष हुन्।

पुलिस एवं स्थानीय सूत्र अनुसार राजू डे बितेको बिहीवार राती लगभग 11 बजे पार्टको काम सिद्धाएर आफ्नो घर फर्किरहेका थिए। यसै अवधि एउटा कालो रंगको स्कर्पियोमा सवार उपद्रवीहरूले तिनीमाथि गोली चलाए। एउटा गोली तिनको दाहिने काँधमा लाग्यो। गम्भीर रूपमा घाइते अवस्थामा तिनलाई तुरून्त स्थानीय अस्पतालमा लगियो जहाँ तिनको सर्जरी भयो।

घटनालाई लिएर तृणमूल कंग्रेसले भारतीय जनता पार्टी (भाजपा)-माथि सोझो आरोप लगाएको छ। पार्टीको दाबी छ, हमलाको पछाड़ि भाजपा समर्थित असामाजिक तत्वहरूको हात छ। अर्कोतिर यस आरोपलाई शिराबाटै खारेज गर्दै उत्तर कुचबिहार विधानसभा क्षेत्रका भाजपा विधायक सुकुमार रायले भने, “तृणमूलभित्र आन्तरिक गुटबाजी चरममा पुगेको छ। यस पार्टीका केही कार्यकर्ताहरू असामाजिक गतिविधिहरूमा लिप्त रहेका छन्। यो हमला आपस्तको विवादको परिणाम हो। भाजपाको यस घटनासित कुनै सरोकार छैन।” उनले आरोप लगाए, तृणमूल जिल्ला नेतृत्वले आफ्नो विफलतालाई लुकाउनका लागि भाजपालाई बदनाम गरिरहेको छ।

घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो। पुलिसले क्षेत्रका सीसीटीभी फुटेज जुटाएर जाँच शुरू गरेको छ। साथै संदिग्ध स्कर्पियो वाहनलाई जफ्त गरेको छ। पुलिस सूत्रको भनाइ छ, चाँड़ै नै आक्रमणकारीहरूलाई चिन्हित पक्राउ गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande