भागलपुर, 04 जुलाई (हि.स.)। भागलपुर पुलिसले पशु तस्करहरू विरूद्ध ठूलो कारबाही गर्दै शुक्रवार चार ट्रकमा लोड गरिएका सैकड़ौं पशुहरूको साथ तीन पशु तस्करलाई पक्राउ गरेको छ।
भागलपुरका सीनियर एसपी हृदयकान्तलाई गुप्त सूचना प्राप्त भएको थियो कि झारखण्डबाट भारी संख्यामा पशुहरूको तस्करी गरी सीमावर्ती क्षेत्रहरूमा लगिँदैछ। यस सूचनामा त्वरित कारबाही गर्दै उनले सिटी एसपी शुभांक मिश्राको नेतृत्वमा एक विशेष टीमको गठन गरे।
पुलिस टीमले बाईपास थाना क्षेत्र र लोदीपुर थाना क्षेत्रमा सघन चेकिङ अभियान चलायो। सोही अवधि चार ट्रकलाई रोकियो, जसमा सैकड़ौं पशु खचाखच भरेको पाइयो। घटनास्थलबाट तीन तस्करलाई पक्राउ गरियो। पुलिसको यस कारबाहीले पशु तस्करीको नेटवर्कमा कोकोहोलो मच्चिएको छ। पुलिस सूत्रहरू अनुसार, यो गिरोह लामो समयदेखि यस अवधै व्यापारमा संलिप्त थियो र झारखण्डबाट पशुहरूलाई लिएर सीमावर्ती जिल्लाहरूमा पुऱ्याउनेगर्थ्यो।
पक्रा परेका तस्करहरूसित सोधपुछ जारी छ। साथै ट्रकहरू र पशुहरूलाई कब्जामा लिएर अगाड़ीको कानूनी कारबाही शुरू गरिएको छ। यो कारबाही न केवल पशु तस्करीमाथि सख्त सन्देश दिँदछ तर सीमावर्ती क्षेत्रमा चलिरहेको यस अवैध धन्धामाथि नकेल कस्ने दिशामा एक ठूलो कदम पनि हो।
हिन्दुस्थान समाचार / भवानी थामी