सोनादामा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न
सोनादामा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न


सोनादा, 04 जुलाई (हि.स.)। सोनादा ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न गरियो। यस सचेतना कार्यक्रममा सोनादा क्षेत्रका विभिन्न स्कूलका विद्यार्थीहरुलाई लिएर ट्राफिक सचेतना ऱ्याली पनि निकालियो।

उक्त ट्राफिक सचेतना ऱ्याली सरस्वती डाँडादेखि शुरु भएर सोनादा रेलवे स्टेशन साथै चौकीडाँडा हुँदै पेट्रोल पम्प पुगेर फेरि सोनादा रेलवे स्टेशनमा आएर समापन भयो। यस ऱ्यालीमा सोनादा ट्राफिक पुलिसको ट्राफिक ओसी सबिन दर्नाल, सोनादा पुलिस आउट पोस्टका ओसी योगेस ठकुरी साथै अन्य पुलिस अधिकारीहरु, विद्यार्थीहरु र स्थानीयहरु सहभागी बनेका थिए।‌

ऱ्यालीको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सोनादा ट्राफिक पुलिस ओसी सबिन दर्नालले गत 1 जुलाईदेखि 8 जुलाईसम्म‌ सोनादा ट्राफिक पुलिसको आयोजनामा ट्राफिक सचेतना सप्ताह पालन भइरहेको बताए। उनले यस सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ट्राफिक र ड्रग्सलाई लिएर विभिन्न स्थानहरुमा सचेतनामूलक कार्यक्रमहरु आयोजना भइरहेको जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande