खरसाङ, 04 जुलाई (हि.स.)। आदि पत्रकार एवं नेपाली भाषामा बाईबल अनुवाद गर्ने पाद्री गङ्गाप्रसाद प्रधानको आज 174औं जन्म जयन्ती गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा श्रद्धाञ्जली कार्यक्रमलो रुपमा पालन गरियो। उक्त जन्म जयन्ती कार्यक्रम खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा पालन गरियो, जहॉं पाद्री गङ्गाप्रसाद प्रधानको सालिग अवस्थित छ।
कार्यक्रम गोर्खा जनपुस्तकालय खरसाङको सभापति रबीनकुनार प्रधानको अध्यक्षतामा सम्पन्न गरियो। यस अवसरमा पुस्तकालयका सदस्यहरु उपस्थित भएर पाद्री गङ्गाप्रसाद प्रधानको सालिगमा धुप दीप प्रज्ज्वलन साथै पुष्पाञ्जली अर्पण गरेर माल्यार्पण गरे।
यसपाली खरसाङमा पाद्री गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती भव्य रूपमा नगरेर सामान्य रूपमा श्रद्धाञ्जली अर्पण गर्दै पालन गरिएको छ। यस अवसरमा पाद्री गङ्गाप्रसाद प्रधानको जीवनी विषयमा साहित्यकार ऋषि राईले वक्तव्य राखे। कार्यक्रममा सभाध्यक्ष रबीनकुमार प्रधानले पनि वक्तव्य राखेका थिए।
हिन्दुस्थान समाचार / हनोक