इतिहासको पानामा 06 जुलाई- बलीवुडका ऊर्जावान र उत्साही कलाकार रणवीरको जन्म
रन


मुम्बई, 05 जुलाई (हि.स.)। बलीवुडका ऊर्जावान र उत्साही अभिनेता रणवीर सिंहलाई परिचयको कुनै आवश्यकता छैन। आफ्नो प्रतिभा र परिश्रमको बुतामा उनले बलीवुड इन्डस्ट्रीमा पहिचान बनाएका छन्। लगभग 15 वर्षको करियरमा उनले धेरै सुपरहिट फिल्महरू दिएका छन्, जसलाई दर्शकहरूले खूबै मन पराएका छन्। यद्यपि, यो ओहोदामा पुग्नका लागि उनलाई कड़ा संघर्ष गर्नुपऱ्यो।

06 जुलाई 1884 मा मुम्बईको एक सिन्धी हिन्दू परिवारमा रणवीर सिंहको जन्म भयो। उनी सानैदेखि अभिनेता बन्ने सपना हेर्नेहर्थे। स्कूलका नाटकहरूमा भाग लिनदेखि लिएर कलेजमा अडिशन दिनुसम्म उनले अभिनयप्रति आफ्नो यस जुनूनलाई सदैव अगाड़ी बढ़ाए। एक दिन उनको भाग्य चम्कियो। यशराज फिल्मलाई आफ्नो फिल्म ‘बैंड बाजा बारात’ को निम्ति एक नयाँ अनुहारको खोज थियो। यस्तो स्थितिमा यस रोलको निम्ति उनलाई चुनियो। यस फिल्मबाट उनले बलीवूडमा डेब्यू गरे औं फिल्म सफल रह्यो। यस फिल्मको निम्ति उनलाई बेस्ट मेल डेब्यूको अवार्ड पनि प्राप्त भएको थियो। यसपछि उनले फेरि कहिले पछाड़ी फर्केर हेरेनन्। उनले गोलियों की रासलीला राम-लीला, बाजीराव मस्तानी, पद्मावत, गली बोय र सिम्बा जस्ता सुपरहिट फिल्महरूमा यादगार भूमिका निभाए।

अन्य महत्वपूर्ण घटनाक्रम

1785 - डलर संयुक्त राज्य अमेरिकाको आधिकारिक मुद्रा बन्यो।

1885- रेबीजको टीकाको सफलतापूर्वक परीक्षण।

1944- नेताजी सुभाषचन्द्र बोसले महात्मा गान्धीलाई पहिलो पल्ट राष्ट्रपिता भने।

2002 - अफगनिस्तानका उपराष्ट्रपति अब्दुल कादिरको हत्या।

2005 – मैक्सिकोमा मानवको चालीस हजार वर्ष पूरानो पदचिह्न भेटियो।

2006 - विश्व कप फुटबलमा फ्रान्सले पुर्तगाललाई हरायो।

2008 - दक्षिणी मिस्रमा 5000 साल पुरानो शाही कब्रिस्तानको खोज गरियो।

जन्म

1901- भारतीय जनसंघका संस्थापक डा. श्यामा प्रसाद मुखर्जी।

1906 - भारतका प्रसिद्ध वैज्ञानिक दौलत सिंह कोठारी।

1935 - बौद्ध धर्मका धर्मगुरु दलाई लामा।

1947 - 'यश भारती' ले सम्मानित उर्दूका विख्यात शायर अनवर जलालपुरी।

1958 - भारतकी प्यारा एथलीट मलाथी कृष्णामूर्ति होला।

1963 - भारतका चुनाउ आयुक्त सुखबीर सिंह सन्धू।

निधन

1894 - हिन्दी खड़ी बोली र 'भारतेन्दु युग' का उन्नायक प्रताप नारायण मिश्र।

1954 - भारतकी प्रथम महिला बैरिस्टर कार्नेलिया सोराबजी।

1986 - भारतका पूर्व उप प्रधानमन्त्री बाबू जगजीवन राम।

1997 - प्रसिद्ध फिल्म निर्माता-निर्देशक चेतन आनन्द।

2002 - भारतका प्रसिद्ध उद्योगपति धीरूभाई अम्बानी।

2011 - फिल्म निर्देशक मणि कौल।

महत्वपूर्ण दिवस

विश्व जूनोसिस दिवस

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande