पुन्छमा आतङ्की ठेगानाको पर्दाफास, हथगोला र गोला-बारूद जफत
जम्मू


पुन्छ, 05 जुलाई (हि.स.)। जम्मू-कश्मीरको सीमावर्ती जिल्ला पुन्छको उपजिल्ला सुरनकोटमा आतङ्कवाद विरोधी अभियानमा सुरक्षाबलहरूले एक आतङ्की ठेगानाको पर्दाफास गरी हथगोला, गोला-बारूद समेत अन्य सामग्री जफत गरेको छ।

बेहरामगला नजिक मरहा क्षेत्रमा यी हात –हतियार जफत गरियो जहाँ पुलिस र सेनाको संयुक्त टीमले खोजी अभियानमा एक आतङ्की ठेगानाको पत्तो लगायो। अधिकारीहरू अनुसार, आतङ्की ठेगानाको तलाशी गर्दा तीन हथगोला, बीस गोली, वायर कटर, चक्कु, चार्जिङ केबल र बेटरी जफत गरियो। तलाशी अभियान अहिलेपनि जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande