भगवान शिवको आशीर्वादले सबै भक्तहरू सुरक्षित छन्ः उपराज्यपाल
भगवान शिवको आशीर्वादले सबै भक्तहरू सुरक्षित छन्ः उपराज्यपाल


श्रीनगर, 5 जुलाई (हि.स.)। चन्द्रकोटमा एउटा सानो दुर्घटना भयो जतिबेला पहलगाम जाने एउटा वाहन ब्रेक फेल भएको कारण अन्य स्थिर वाहनहरूसित ठोक्कियो। 36 जना तिर्थयात्रीहरूलाई सामान्य चोट लाग्यो। प्रारम्भिक उपचारपछि सबैलाई छुट्टी दिइयो भने अब उनीहरू पवित्र गुफातर्फ प्रस्थान भएका छन्। उपराज्यपाल मनोज सिन्हाले भने, भगवान शिवको आशीर्वादले सबै भक्तहरू सुरक्षित छन्।

उपराज्यपालले भने, हाम्रो प्राथमिकता सबै तीर्थयात्रीहरूको सुरक्षा हो। सम्बन्धित अधिकारीहरूलाई श्री अमरनाथजीको यात्रा गर्ने तीर्थयात्रीहरूको वाहनको लागि व्यापक सुरक्षा उपायलाई लागू गर्न, सबै प्रमुख स्थानहरूमा सुरक्षा जाँच सुनिश्चित गर्न तथा यात्रा मार्गमा भोजन र औषधिहरूको निर्बाध उपलब्धता सुनिश्चित गर्न निर्देश दिइएको छ।

यसअघि उपराज्यपालले घाइते तीर्थयात्रीहरूलाई सबै आवश्यक सहायता प्रदान गर्नका लागि जम्मूका डिभीजनल कमिश्नर रमेश कुमार अनि रामबनका डिप्टी कमिश्नर मोहम्मद अलयास खानसित बातचित गरेका थिए। उनले वरिष्ठ अधिकारीहरूलाई अलर्ट रहने तथा तीर्थयात्रीहरूलाई समस्या मुक्त यात्राको लागि सबै आवश्यक व्यवस्था सुनिश्चित गर्न भनेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande