खरसाङको वार्ड नम्बर 2 को टेकबीर बस्ती क्षेत्रमा बाटो सर सफाई
खरसाङको वार्ड नम्बर 2 को टेकबीर बस्ती क्षेत्रमा बाटो सर सफाई


खरसाङ, 05 जुलाई (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 2 को टेकबीर बस्ती क्षेत्रमा मान्छे हिँड्ने बाटो अजय गुरुङको घरदेखि लिएर तल्तिर पुल डाँडासम्म बर्खाको पानीले गर्दा लेउ लागेर मानिसहरु पैदल हिँड्न असुविधा भइरहेको थियो। बाटोको दुईतर्फ नै झार पात बढेर बाटो हिँड्न जन साधारणलाई धेरै असुविधा भ‌इरहेको थियो। यो बाटो भएर दैनिक रूपमा विद्यार्थीहरू र गाउँका मानिसहरू हिँडडूल गर्ने गर्दछ।

यसरी बाटो चिप्लो भएर धेरैपल्ट विद्यार्थी लगायत मानिसहरू लडेको गुनासो मानिसहरूले समाजलाई गरिरहेका थिए। गाउँ समाजका जनमानसको सुरक्षाको निम्ति आजको दिन समाजका सभापति भेलारियन जर्ज लेप्चा, मूल सचिव बिरबल पाख्रीन, उपाध्यक्ष सुजय गुरुङ, कोषाध्यक्ष रमोद गुरुङ सदस्यहरूले उक्त बाटोको सर सफाई अनि ब्लिचिङ हाल्ने कार्य सम्पन्न गरे।

आफ्नो गाउँ आफै स्वच्छ अनि सफा राखौँ भन्ने सिद्धान्तलाई कायम राख्दै आजको यो कार्य कार्यान्वयन गरिएको समाजको मूल सचिव पाख्रीनले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande