प्रधानमन्त्री मोदीको ऱ्याली गराउने प्रयासमा जुट्यो बंगाल भाजपा, तृणमूलको 21मा हुने ऱ्याली अगावै देखाउन चाहन्छ राजनीतिक शक्ति
प्रधानमन्त्री मोदीको ऱ्याली गराउने प्रयासमा जुट्यो बंगाल भाजपा, तृणमूलको 21मा हुने ऱ्याली अगावै देखाउन चाहन्छ राजनीतिक शक्ति


कोलकाता, 5 जुलाई (हि.स.)। पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) तृणमूल कंग्रेसको आगामी 21 जुलाईमा हुन गइरहेको शहीद दिवस ऱ्याली अगावै आफ्नो राजनीतिक शक्ति देखाउने तयारीमा जुटेको छ। हालैमा नियुक्त भएका नयाँ प्रदेश अध्यक्ष शमिक भट्टचार्यको नेतृत्वमा पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको विराट जनसभा आयोजना गर्ने चेष्टा गरिरहेको छ।

भाजपाका एक जना वरिष्ठ नेताले बताएका छन्, प्रधानमन्त्री मोदीले आगामी 21 जुलाईपूर्व कुनै पनि दिन बंगालमा एक ऱ्यालीलाई सम्बोधन गरून् भन्ने प्रयासमा पार्टी जुटेको छ। हामीले प्रयास गरिरहेका छौं, बिहारको चुनावी दौड़ाहपूर्व प्रधानमन्त्रीले थोरै समय निकालेर बंगालमा ऱ्याली गर्न सकुन्। यसबाट एकातिर पार्टी कार्यकर्ताहरूको मनोबल बढ़्नेछ भने अर्कोतिर तृणमूल कंग्रेसलाई यो सन्देश जानेछ कि हामी पूर्ण शक्ति खन्याएर चुनावी मैदानमा उत्रिनको लागि तयार छौं। यस ऱ्यालीलाई लिएर प्रधानमन्त्री कार्यालयसित सम्वाद शुरू भइसकेको छ, चाँड़ै नै समय अनि स्थानको घोषणा गर्न सकिनेछ।

यसबीच गए शुक्रवार नयाँ प्रदेश अध्यक्ष बनेपछि शमिक भट्टचार्यले दिएको एक बयानलाई लिएर विवाद उत्पन्न भएको छ। उनले भनेका थिए, भाजपाको लड़ाईँ मुसलमानहरू विरूद्ध होइन जबकि उनीहरूको जीवन स्तरलाई सुधार्नको लागि हो। यस बयानलाई केही वर्गले पार्टीको मूल नीतिभन्दा अलग बुझ्यो।

भट्टचार्यले यसमाथि स्पष्टिकरण दिँदै भने, विपक्षका नेता शुभेन्दु अधिकारीले शुक्रवार हिन्दू भोटहरूको एकजुटतामाथि बल दिएका थिए। मैले यति मात्र भनेँ, यदि मुस्लिम समुदायले यो सोच्छ कि उनको समर्थन बिना बंगालमा सत्ता परिवर्तन हुन सक्दैन भने उनीहरू भुल बुझाइमा छन्। मेरो उद्देश्य थियो, उनीहरूले आफ्नो जीवन स्तरको तुलना गुजरातका मुस्लिमहरूसित गरून् र आत्ममन्थन गरून्।

प्रदेश अध्यक्षले यो पनि अपील गरे, राज्यमा तृणमूल कंग्रेसको शासनबाट असन्तुष्ट मानिसहरू राजनीतिक मतभेदलाई भुलेर एकजुट हौं र ममता ब्यानर्जी नेतृत्वाधिन 14 वर्षको सत्तालाई च्युत पार्नको लागि अगाड़ि बढ़ुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande