चिरांगमा नशा मुक्त भारत अभियान अन्तर्गत बाइक ऱ्याली निकालियो
चिरांगमा नशा मुक्त भारत अभियान अन्तर्गत बाइक ऱ्याली निकालियो


चिरांग (असम), 5 जुलाई (हि.स.)। नशाविरूद्ध जन-जागरूकता फैलाउने उदेश्यले आज चिरांग जिल्लाको काजलगाउँमा नशा मुक्त भारत अभियान अन्तर्गत एक भव्य बाइक ऱ्याली आयोजना गरियो।

यस ऱ्यालीको नेतृत्व जिल्ला सामाज कल्याण कार्यालयद्वारा चिरांग जिल्ला पुलिसको सहयोगमा गरियो भने यसलाई चिरांगका उपायुक्त जति बोराले हरियो झण्डी देखाएर प्रस्थान गराए।

यस कार्यक्रममा अतिरिक्त पुलिस अधीक्षक रश्मि रेखा शर्मा, डीएसपी ऋतम्भरा नाथ, जिल्ला सामाज कल्याण अधिकारी अनुपम दास सहित केही वरिष्ठ जिल्ला स्तरीय अधिकारीहरू उपस्थित थिए।

यस ऱ्यालीमा युवा स्वयंसेवक, सामाजिक कार्यकर्ता तथा पुलिसकर्मीहरूले उत्साहपूर्वक भाग लिँदै नशा मुक्त समाजको दिशामा आफ्नो प्रतिबद्धता व्यक्त गरे।

ऱ्यालीको मुख्य उद्देश्य जनसाधारण विशेष गरी युवाहरूलाई नशाका दुष्प्रभावहरूप्रति जागरूक गराउनु अनि स्वास्थ्य जीवनशैलीलाई अप्नाउनको लागि प्रेरित गर्नुथियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande